वर्षा रोकिएपछि त्रिवि मैदान सुकाउन थालियो, सुदूरपश्चिम-विराटनगर खेल हुने सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकामा दुई दिनदेखि जारी वर्षा रोकिएर घाम लागेसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान सुकाउन थालिएको छ। मैदान भिजेका कारण नेपाल प्रिमियर लिग (एनपिएल) को आज साँझ हुने भनिएको खेल हुने सम्भावना छ।
एनपिएलको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल आज साँझ ५ बजेदेखि हुने तालिका छ। तर मैदानको अवस्थाका कारण खेल हुने वा नहुने अझै निश्चित भइसकेको छैन।
वर्षा रोकिएपछि मैदानलाई खेल सञ्चालनयोग्य बनाउन सुकाउने काम भइरहेको छ। मैदानको अवस्था हेरेर खेल सञ्चालनबारे निर्णय गरिनेछ।
यसअघि आज दिउँसो १२ बजेका लागि तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल भने लगातारको वर्षाका कारण रद्द भएको थियो।
खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान) का अनुसार लुम्बिनी र चितवनले एक–एक अंक बाँडेका छन्।





प्रतिकृया दिनुहोस्