एनपिएल : सुदूरपश्चिम रोयल्सको आधिकारिक पार्टनर बन्यो प्राइम टायल्स

धनगढी । सुदूरपश्चिम रोयल्सले प्राइम टायल्सलाई आफ्नो आधिकारिक प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरका रूपमा अनुबन्ध गरेको छ।
सम्झौताअनुसार प्राइम टायल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणभर सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्नेछ। सम्झौतापत्रमा प्राइम टायल्सका अध्यक्ष आशिष गर्ग र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० प्रकाश खड्काले हस्ताक्षर गरेका छन्।
साझेदारीपछि प्राइम टायल्सले नेपाली क्रिकेट तथा स्थानीय खेल प्रतिभाको विकासमा सहयोग गर्ने जनाएको छ। अध्यक्ष गर्गले यो सहकार्य केवल ब्रान्ड प्रवद्र्धनमा सीमित नभई नेपाली समुदाय र क्रिकेटप्रतिको प्रतिबद्धताको विस्तार भएको बताए।
“प्राइम टायल्सले स्वदेशी उत्पादनमार्फत नेपालीहरूसँग जोडिने प्रयास गर्दै आएको छ। सुदूरपश्चिम रोयल्ससँगको यो साझेदारीले हामीले सेवा गर्ने समुदायसँगै अघि बढ्ने हाम्रो विश्वासलाई अझ मजबुत बनाएको छ,” गर्गले भने।
उनले नेपाली क्रिकेटलाई साथ दिन, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न तथा एनपीएलले देशभर सिर्जना गर्ने उत्साह र गौरवको हिस्सा बन्न साझेदारी महत्वपूर्ण रहेको बताए। उनका अनुसार सुदूरपश्चिम रोयल्सको जोश, दृढता र कहिल्यै हार नमान्ने भावना प्राइम टायल्सका मूल्यसँग मेल खान्छ।
सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले प्राइम टायल्सजस्तो स्वदेशी र विश्वासिलो ब्रान्ड टोलीसँग जोडिनु खुसीको विषय भएको बताए।
“एनपीएलको तेस्रो संस्करणमा हामी मैदानभित्र उत्कृष्ट प्रदर्शनसँगै मैदानबाहिर पनि नेपाली ब्रान्डहरूसँग दीर्घकालीन सहकार्य निर्माण गर्ने लक्ष्यमा छौँ। प्राइम टायल्ससँगको यो साझेदारीले नेपाली क्रिकेट र नेपाली उद्योग दुवैलाई सँगै अघि बढाउने विश्वासलाई थप बलियो बनाएको छ,” खड्काले भने।





प्रतिकृया दिनुहोस्