डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा चार जनाको उम्मेदवारी

डोटी । डोटी उद्योग वाणिज्य संघको आगामी असोज ४ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीअनुसार अध्यक्षमा दीपकबहादुर खड्का, इन्द्रबहादुर कुँवर, प्रेमबहादुर भण्डारी र वीरेन्द्र शाह चुनावी मैदानमा छन्।
वरिष्ठ उपाध्यक्षमा तीर्थबहादुर साउँद, लोकबहादुर खड्का र चन्द्रराज पाठकबीच प्रतिस्पर्धा हुने भएको छ। उद्योगतर्फको उपाध्यक्षमा रमेश बोहरा र नन्दराम भण्डारी तथा वाणिज्यतर्फको उपाध्यक्षमा लालबहादुर कठायत, गणेश बोहरा र लोकबहादुर देववा उम्मेदवार छन्।
महासचिवमा जयबहादुर शाही, रोशन कठायत र रमेश जोरा तथा कोषाध्यक्षमा अमित अवस्थी र प्रकाशबहादुर रावलबीच प्रतिस्पर्धा हुनेछ। सचिव पदमा दीपक कलेल, पवित्रा कुमारी कुँवर र नन्दन सिंह कार्कीले उम्मेदवारी दिएका छन्।
कार्यसमिति सदस्य पदमा सुरेन्द्र कुँवर, भावना खड्का पुनमगर, मनीषा कामी, राधिका शाही, रवि भण्डारी, तुलसीदेवी देउवा, मानबहादुर सिंह, नितेश साउँद, सन्दिपकुमार श्रेष्ठ, सुविन साउँद, कमला जोशी र रामचन्द्र नेपाली गरी १२ जनाको उम्मेदवारी परेको छ।
निर्वाचन समितिका अनुसार प्रथम नामावलीमा उम्मेदवारहरूको विवरण दर्ता क्रमअनुसार राखिएको छ। उम्मेदवारी दर्तासँगै संघको नयाँ नेतृत्व चयनका लागि व्यवसायीबीचको चुनावी प्रतिस्पर्धा औपचारिक रूपमा सुरु भएको छ।







प्रतिकृया दिनुहोस्