June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली –कन्चनपुरमा तीब्र गतिको मोवाईल डाटा

धनगढी, मंसिर २६ (ई–रैवार)
नेपाल टेलिकमले काठमाडौं उपत्यकाबाट वितरण प्रारम्भ गरिएको ‘एफटीटीएच’ सेवा हाल देशका अन्य ठाउँमा पनि बिस्तार गरिरहेको छ । तीब्र गतिको डाटा र भ्वाइस सेवा चलाउन मिल्ने यो सेवा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा समेत चलाउन मिल्ने भएको छ । सेवा शुरु भएका नेपालभर २५ जिल्लामध्ये सुदूरपश्चिमका यी दुई जिल्लामा सेवा प्रारम्भ गरेको हो ।
जसअन्तर्गत कैलालीमा धनगढीस्थित हुलाकी रोडको क्याम्पस चोक, शिवनगर चोक, ज्ञानु प्लाजा चौराहा र चौराहाको विपरित क्षेत्रमा यो सेवा उपलब्ध गरिएको टेलिकमले जनाएको छ । यस्तै कन्चनपुरको महेन्द्रनगरस्थित बजार लाइनमा यो सेवा सुचारु भएको जनाईएको छ ।
नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेज समेत उपलब्ध गराइरहेको छ । यस अन्तर्गत एक वर्षका लागि न्युनतम ८ ‘एमबीपीएस’को प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन ।