August 6, 2026, Thursday
२०८३ श्रावण २२

डेढ लाखसहित कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा डेढ लाखसहित ८ जना पक्राउ परेका छन् । प्रहरीले शनिबार दिउँसो जुवातास खेलिरहेको सूचना पाएपछि डेढ लाखसहित ८ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–३ भाँसीस्थित एक घरमा शनिबार दिउँसो जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा हानेको थियो ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ निवासी ४० वर्षीय सुरेश चन्दसहित ८ जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट नगद एक लाख ६१ हजार र चार गड्डी तास बरामद गरेको जनाएको छ।

उनीहरु माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।