बझाङमा जीप दुर्घटनाहुदाँ तीन जनाको मृत्यु, पाँच घाइते

धनगढी : बझाङमा जीप दुर्घटना भएको छ । जीप दुर्घटना तीन जनाको मृत्यु भएको छ, भने पाँच जना गम्भीर घाइते भएका छन् ।
बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परेर घटनास्थलमै तीन जनाको मृत्यु भएको छ ।
त्यस्तै, दुर्घटनामा परेर पाँच जना गम्भीर घाइते भएको सीडीओ केशरीले बताए । जिप सडकबाट करिब ३०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिपमा करिब १६–१७ जना सवार रहेको बताईएको छ ।
घटना स्थालबाट प्रहरी चौकी चार/पाँच घण्टाको दुरीमा रहेकोले घटनास्थलमा टोली गएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरिक्षक दिपक बिष्टले जानकारी दिएका छन् ।
जिपमा सबार मध्ये ३ जनाको घटनास्थलै मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । साथै, पाँच जनाको अवस्था चिन्ताजनक रहेको केदारस्युँ गाउँपालिका–७ का वडाध्यक्ष चन्द्रबहादुर धामीले जानकारी दिएका छन् । प्रहरी तथा स्थानीयवासी उद्धार कार्यमा खटिएका छन् ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धारका लागि हेलिकप्टरको तयारी भैरहेको बताईएको छ । घटनाको विस्तृत विवरण तथा क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्