March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

अख्तियारले घुस सहित तीन कर्मचारी समात्यो

महेश ओझा, धनगढी भदौ १२(ई-रैवार): अख्तियारको टोलीले एक लाख ६६ हजार एक सय घुस सहित यातायात कार्यालय व्यवस्था कैलालीका तीन जना कर्मचारी पक्राउ गरेको छ । कार्यालयका निमित्त प्रमुख सहित तीन जनालाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।
गाडी बिक्री गरे वापत नामसारी गर्दा रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले कार्यालयका निमित्त प्रमुख गम्भीर सिंह विष्ट, शाखा अधिकृत  भुवन जोशी र अधिकृत जयराज कारिगरलाई एक लाख ६६ हजार एक सय रुपैयाँ सहित रंगेहात नियन्त्रणमा लिएको आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकृत टोप बहादुर विष्टले जानकारी दिए।
दिउसोदेखि नै निगरानीमा राखेको भएपनि साढे चार बजे उनीहरुलाई रंगेहात पक्राउ गरेका हौँ, उनले भने, तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छौ।