अख्तियारले घुस सहित तीन कर्मचारी समात्यो
- Eraibar
- २०७६ भाद्र १२, बिहीबार २१:४९
- 9 Shares

महेश ओझा, धनगढी भदौ १२(ई-रैवार): अख्तियारको टोलीले एक लाख ६६ हजार एक सय घुस सहित यातायात कार्यालय व्यवस्था कैलालीका तीन जना कर्मचारी पक्राउ गरेको छ । कार्यालयका निमित्त प्रमुख सहित तीन जनालाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।
गाडी बिक्री गरे वापत नामसारी गर्दा रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले कार्यालयका निमित्त प्रमुख गम्भीर सिंह विष्ट, शाखा अधिकृत भुवन जोशी र अधिकृत जयराज कारिगरलाई एक लाख ६६ हजार एक सय रुपैयाँ सहित रंगेहात नियन्त्रणमा लिएको आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकृत टोप बहादुर विष्टले जानकारी दिए।
दिउसोदेखि नै निगरानीमा राखेको भएपनि साढे चार बजे उनीहरुलाई रंगेहात पक्राउ गरेका हौँ, उनले भने, तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छौ।
- देउवा-शेखर भेटवार्ता : कांग्रेस विवाद समाधान र पार्टी एकताबारे छलफल
- रास्वपा बैठककै दिन मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन, पार्टी बैठकप्रति बेवास्ता
- सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुँदै, १२ जनाको नाम केन्द्रमा पठाइयो
- रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल
- १५औँ महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको इतर समूह सर्वोच्च जाँदै
-
नेकपाका छ सांसद मौन, मुख्यमन्त्री भट्टलाई विश्वासको मत जुटाउन सकस
२०८३ भाद्र ३, बुधबार ०८:५५ -
बेलौरीमा शिक्षिका मृत भेटिएको घटनामा माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
२०८३ श्रावण ३१, आईतवार २३:२४ -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बुधवार विश्वासको मत लिने
२०८३ भाद्र २, मंगलवार १३:०० -
मुख्यमन्त्री भट्टको पहिलो निर्णय, सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिने
२०८३ श्रावण ३०, शनिबार १०:०७ -
खगराज भट्टको नेतृत्वमा सुदूरपश्चिम सरकार गठन, एमालेका ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार २०:४८





प्रतिकृया दिनुहोस्