१५औँ महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको इतर समूह सर्वोच्च जाँदै

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ।
महाराजगञ्जमा तीन दिनसम्म बसेको इतर समूहका शीर्ष नेताहरूको बैठकले महाधिवेशन कार्यतालिका रोक्न कानुनी बाटो रोज्ने निर्णय गरेको हो।
नेता एनपी साउद र मीन विश्वकर्माका अनुसार पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्चले पुनरवलोकनको अनुमति दिइसकेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन अघि नबढाउन अन्तरिम आदेश माग गरिनेछ।
इतर समूहले निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट छुट्टाछुट्टै रिट दायर गर्ने तयारी गरेको छ।
कांग्रेस निर्वाचन समितिले भने भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।





प्रतिकृया दिनुहोस्