रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल

काठमाडौँ : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका हुन।
बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुमोदन, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण तथा संगठनात्मक व्यवस्थापन र मनोनयनका विषयमा छलफल हुने बताइएको छ।
त्यस्तै, केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखको मनोनयनका साथै स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठनबारे पनि बैठकले निर्णय गर्नेछ।
केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्य नेतृत्वमा स्थानीय तहका उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल हुनेछ।
बैठकले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि आवश्यक निर्णय गर्ने महामन्त्री आचार्यले बताए।





प्रतिकृया दिनुहोस्