October 25, 2026, Sunday
२०८३ कार्तिक १०

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बुधवार विश्वासको मत लिने

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधवार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। सोमबार मुख्यमन्त्री निवासमा भएको छलफलपछि भोलि नै विश्वासको मत लिने गरी तयारी अघि बढाइएको हो।

विश्वासको मत लिने विषयमा छलफल गर्न आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बोलाउने तयारी गरिएको छ। मुख्यमन्त्रीसँग छलफलमा रहेका एक सांसदका अनुसार संसदीय दलको बैठकले विश्वासको मत लिने विषयमा औपचारिक निर्णय गर्नेछ।

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। हाल नेकपा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्।

अब नेकपाका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। सरकारमा सहभागी हुने मन्त्री तथा राज्यमन्त्रीको नाम र जिम्मेवारीका विषयमा समेत छलफल भइरहेको बताइएको छ।

यस विषयमा नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री भट्ट र नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीबीच संयुक्त छलफल भएको थियो। त्यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबीच पनि विश्वासको मत र सरकार विस्तारबारे छलफल भएको थियो।

मुख्यमन्त्री भट्टले विश्वासको मत पाएपछि प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। त्यससँगै प्रदेश सरकारमा थप मन्त्री तथा राज्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।