April 16, 2026, Thursday
२०८३ बैशाख ३

युवतीमाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

कञ्चनपुर, भदौ १ (ई-रैवार): कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षिय युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका–११ का १९ बर्षिय धिरेन्द्र थापा र सोही ठाउँकै भुपेश ऐरलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय झलारीको टोलीले शनिबार पक्राउ गरेको हो प्रहरी निरीक्षक नैनसिंह साउँदले बताए। उनका अनुसार घटनामा ५ जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। अन्यको खोजी कार्य भईरहेको समेत उनले बताए।