बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते
- Eraibar
- २०८१ कार्तिक १२, सोमबार १४:४८
- 70 Shares

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। प्रहरीका अनुसार बझाङको तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो।
सात जना यात्रु चढेको उक्त जीप तीव्र गतीका कारण सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले जानकारी दिएका हुन।
दुर्घटनामा घाइते हुनेहरुमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेको सूचना अधिकारी इन्स्पेक्टर ठगुन्नाले बताएका छन्।
उनीहरूको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्