May 13, 2025, Tuesday
३० बैशाख २०८२, मंगलवार

कैलाली, कञ्चनपुर र बैतडीबाट भन्सार छलीका सामान बरामद

धनगढी । प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । कैलाली कञ्चनपुर र बैतडीबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सोमबार कैलालीको टीकापुुर, कञ्चनपुरको भीमदत्त नगरपालिका, पुनरवास, बैतडीको दशरथचन्द नगरपालिकाबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको जानकारी दिएको हो ।

टीकापुर नगरपालिका – ९ पायल गाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २६ हजार ९४० रुपैयाँ बराबरको ट्याक्टरको छतकबर, ग्रिस पम्प, ग्रिस, लाईट, हाईड्रोलिक फिडर, फिल्टर, ब्यरिङ लगायतका सामानहरु बरामद गरिएको जनाएको छ ।

भीमदत्त नगरपालिका – १० भन्सार कार्यालय नजिक, भीमदत्त नगरपालिका – ११ बिद्युत कार्यालय नजिक र पुनर्वास नगरपालिका – ६ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ३ लाख ३६ हजार ४१ रुपैयाँ बराबरको प्याज, चिनि, मिश्री, काजु, पेय पदार्थ, खानेतेल, जिरा, हाडबेयरका सामान, मोबाईलका डिस्प्ले, झिलमिले लाईट, मोबाईलको ब्याट्री, कपडा, खेलौना, किराना लगायतका सामानहरु बरामद गरिएको छ ।

यस्तै बैतडीको दशरथचन्द नगरपालिका – १० अदर पिण्ड स्थित सडक खण्डको किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ७३ हजार ५ सय बराबरको चिनि, मिस्री, गुड, खानेतेल, सुर्ती, जिरा,चियापत्ति, बिडी, स्टिल गिलास, तारपिन तेल, ब्रिटिस पेन्ट, चना, चप्पल, मोजा, साबुन लगायतका सामानहरु बरामद गरिएको छ ।