May 13, 2025, Tuesday
३० बैशाख २०८२, मंगलवार

नेपाली सेनाले खुल्यो अधिकृत पदमा भर्ना, कसरी दिने आवेदन ? (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत पदमा भर्ना खुलाएको छ । रिक्त (सहायक सेनानी/उपसेनानी) २८० पदका लागि आवेदन आह्वान गरिएको हो । 

खुलातर्फ १४७, आदिवासी जनजाती कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ । यसैगरी सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततीका लागि १४ सिट छ्ट्याइएको छ ।

नेपाली सेनाले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ ।

फारम भरी सो को प्रिन्ट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रू.९दशको टिकट टाँसी दरखास्त पेस गर्न आव्हान गरिएको छ । 

नेपाली सेनाले आज प्रकाशित गरेको सूचना अनुसार दरखास्त दिने म्याद भदौ ७ गतेदेखि असोज ५ गतेसम्म छ । असोज ६ गतेदेखि १२ गतेस्मम दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने छ ।

हेर्नुहोस् सूचना