बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
- Eraibar
- २०८० फाल्गुन ४, शुक्रबार ११:४३
- 36 Shares

बझाङ । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नं.को जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।
बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए । जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो। रासस
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्