बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
- Eraibar
- २०८० फाल्गुन ४, शुक्रबार ११:४३
- 36 Shares

बझाङ । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नं.को जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।
बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए । जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो। रासस
- दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
- प्रधानमन्त्री शाहले भने- ‘इमानदार प्रयास र सामूहिक मेहनतले विकृति हटाउन सकिन्छ’
- राष्ट्रपति पौडेलले लगाए दसैँको टीका, १०ः२६ बजे ग्रहण गरे प्रसाद
- दसैँको खुसी आफ्नो घरआँगनमा मात्रै सीमित नरहोस् : गगन थापा
- विपत्ति र शोकबीचको दसैँले राष्ट्रिय एकतालाई अझ बलियो बनाओस् : रवि लामिछाने
-
‘काक्रो नखाई निधारमा बियाँ कसरी लाग्यो ?’ भन्दै निवर्तमान मुख्यमन्त्री शाहले मागे अर्थमन्त्री मल्लको राजीनामा
२०८३ आश्विन २८, बुधबार १६:२८ -
सुदूरपश्चिमको बजेट कार्यान्वयनको बाटो खुल्यो, कर्मचारीलाई शुक्रबारसम्म तलब खुवाउने तयारी
२०८३ आश्विन २९, बिहीबार १३:२३ -
एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
२०८३ कार्तिक १, शनिबार ०७:५२ -
सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा ६ जना निर्वाचित, को-को भए ?
२०८३ आश्विन २८, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५





प्रतिकृया दिनुहोस्