बाजुरामा चट्याङबाट दिदीको मृत्यु, बहिनी घाइते
- Eraibar
- २०८० भाद्र १७, आईतवार १३:१६
- 103 Shares

बाजुरा । बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार चट्याङ लागेर बडीमालिका नगरपालिका-६ का एकैघरका दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले दिएको जानकारी अनुसार गएराति चट्याङ लागेर बडीमालिका नगरपालिका(६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको मृत्यु भएको छ । चट्याङ लागेर मृतक रावलकी बहिनी नौ वर्षीया रोजिता रावल घाइते भएकी हुन् ।
कोर्ध गाउँको थला लेकमा दुवैजना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो । प्रतिक्षाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए ।
चट्याङ लागेर एउटा भैँसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ । घाइते रोजिताको मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
- दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
- प्रधानमन्त्री शाहले भने- ‘इमानदार प्रयास र सामूहिक मेहनतले विकृति हटाउन सकिन्छ’
- राष्ट्रपति पौडेलले लगाए दसैँको टीका, १०ः२६ बजे ग्रहण गरे प्रसाद
- दसैँको खुसी आफ्नो घरआँगनमा मात्रै सीमित नरहोस् : गगन थापा
- विपत्ति र शोकबीचको दसैँले राष्ट्रिय एकतालाई अझ बलियो बनाओस् : रवि लामिछाने
-
‘काक्रो नखाई निधारमा बियाँ कसरी लाग्यो ?’ भन्दै निवर्तमान मुख्यमन्त्री शाहले मागे अर्थमन्त्री मल्लको राजीनामा
२०८३ आश्विन २८, बुधबार १६:२८ -
सुदूरपश्चिमको बजेट कार्यान्वयनको बाटो खुल्यो, कर्मचारीलाई शुक्रबारसम्म तलब खुवाउने तयारी
२०८३ आश्विन २९, बिहीबार १३:२३ -
एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
२०८३ कार्तिक १, शनिबार ०७:५२ -
सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा ६ जना निर्वाचित, को-को भए ?
२०८३ आश्विन २८, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५





प्रतिकृया दिनुहोस्