October 23, 2026, Friday
२०८३ कार्तिक ८

धनगढीमा सुरु भयो लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन

धनगढी । लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन धनगढीमा सुरू भएको छ। सम्मेलन दुई दिनसम्म सम्म संचालन हुने छ।

लोक सेवा आयोगका अनुसार संघीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगको हरेक वर्ष राष्ट्रिय सम्मेलन हुने गरेको छ। यो वर्ष सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको अनुरोधमा धनगढीमा आयोजना गरिएको हो।

सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगका अध्यक्ष यज्ञराज बोहराले शनिवारसम्म चल्ने यस सम्मेलनमा सबै प्रदेशका लोक सेवा आयोगहरूले आआफ्ना अनुभव र सिकाइ आदानप्रदान गर्ने र कामकारबाही प्रभावकारी बनाउन छलफल हुने बताए।

सम्मेलनको भएको छलफल र निर्णयबारे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताइएको छ। सम्मेलनमा संघीय लोक सेवा आयोगका अध्यक्ष, सदस्यहरू, प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यहरूको सहभागिता रहेको छ।