यी हुन् सुदूरपश्चिमका नौ प्रतिनिधिसभा सीटका कांग्रेस उम्मेदवार
- Eraibar
- २०७९ आश्विन २२, शनिबार १२:०९
- 255 Shares

धनगढीः नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा उम्मेदवारी लगभग टुंग्याएको छ । सत्तारुढ दलबीचको सीट बाँडफाँटमा कांग्रेसले प्रतिनिधिसभाका १६ सीटमध्ये ९ लिएको छ । लिएका सबै सीटहरूमा उम्मेदवारी टुंग्याएको छ ।
कांग्रेसको आज बिहान बसेको संसदीय समितिको बैठकले टिकट टुंग्याएको स्रोतले बतायो । जसअनुसार डडेलधुरामा पार्टी सभापति शेरबहादुर देउवा, कञ्चनपुर–२ मा एनपी साउँद, कञ्चनपुर–३ मा रमेश लेखक, कैलाली–१ मा रामजनम चौधरी, कैलाली–४ मा वीरबहादुर बलायर, कैलाली–५ मा डिल्लीराज पन्त, अछाम–२ मा पुष्प शाह, दार्चुलामा दिलेन्द्रप्रसाद बडू र बाजुरामा बद्री पाण्डेलाई उम्मेदवार बनाएको छ ।
प्रदेश सभातर्फमा पनि लगभग उम्मेदवारी टुंगिएको स्रोतले बतायो । पहाडीमा सबै निर्णय सकिदाँ कैलाली र कञ्चनपुरबारे छलफल भइरहेको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्