October 24, 2026, Saturday
२०८३ कार्तिक ८

सुदूरपश्चिम लोकसेवा आयोगले गर्यो २६६ पदका लागि आवेदन आह्वान (सूचना सहित)

धनगढी : लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । आयोगले स्वास्थ्य सेवा अन्तरगत चौथो तह प्राविधिकतर्फ खुला तथा समावेशीतर्फ गरी कूल २६६ पदका लागि आवेदन आह्वान गरेको हो ।

लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशको सूचना अनुसार ३०० रुपैयाँ दस्तुरसहित असार ७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । अनलाइन माध्यमबाट पनि फारम भर्न सकिनेछ ।