मेला महोत्सवहरू सञ्चालन गर्न पाउनुपर्ने माग

धनगढी पुस २७(ई-रैवार)
अघिल्ला वर्षहरूमा यतिबेला देशैभर विभिन्न किसिमका मेलामहोत्सवहरूको आयोजना हुन्थ्यो । देशैभरका उद्योग बाणिज्य संघहरू तथा विभिन्न संघसंस्था तथा समुहहरूले यस्ता मेला महोत्सवहरू आयोजना गर्दै आएका थिए ।
यसबर्ष भने कोरोनाको महामारीका कारण सबैतिर यस्ता गतिबिधिहरू ठप्प छन् । यस्ता मेलामहोत्सवहरूले भीडभाड बढाउने र कोरोनाको संक्रमण जोखिम बढ्ने भन्दै सरकारले यस्त् गतिबिधिमा रोक लगाएको छ ।
यद्यपी आयोजक संस्थाहरूले भने अब यस्ता गताबिधिहरू सञ्चालन गर्न पाउने माग गर्न थालेका छन् । विशेषगरी उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने महोत्सव तथा व्यापार मेला सञ्चालनका लागि सरकारसँग आवश्यक समन्वय भइरहेको उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष रामबहादुर भण्डारीले बताए ।
प्रतिनिधिसभा विघटनपछि सरकारको समर्थन र विरोधमा प्रायः दिनहुँ हुनथालेका प्रदर्शनले कोरोनाको सङ्क्रमणलाई बेवास्ता गरेकाले अब मेला महोत्सव रोक्नुको पनि कुनै तुक नरहेको भन्दै उनले कोरोनाका कारण आक्रान्त बनेको व्यवसायको बढावाका लागि भए पनि मेला महोत्सव गर्न पाउनुपर्ने माग गरेका छन्।
टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका भण्डारीले कोरोना सङ्क्रमणकै जोखिमलाई हेरेर महोत्सवको मिति तय गर्न नसकिएको बताउँदै पछिल्लो परिस्थितिलाई हेर्दा सरकारले व्यवसायलाई मात्र मारमा पार्ने काम गर्दै आएको बताए।





प्रतिकृया दिनुहोस्