राष्ट्र बैंकले यसपटक दशैंमा नयाँ नोट वितरण नगर्ने
- Eraibar
- २०७७ आश्विन १०, शनिबार ०९:०८
- 13 Shares

काठमाडौं, असोज १० (ई–रैवार)
राष्ट्रबैंकले यसपटक दशैंमा नयाँ नोट वितरण नगर्ने भएको छ । कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको हुदाँ यस पटकको बडादशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको हो ।
कोरोनाको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीडभाड बढ्न सक्ने र जसबाट कोरोना संक्रमणको जोेखिममा बढ्न सक्ने हुदाँ नेपाल राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट नबाड्ने योजना अघि सारेको हो ।
नेपाल राष्ट्र र्बैकको केन्द्रीय कार्यालयका साथै बिभिन्न प्रदेशका कार्यालयहरुबाट पनि यस पटककको दशैमा नयाँ नोट बितरण नगर्ने योजनामा राष्ट्र बैक रहेको छ । दशैंमा नयाँ नोटको प्रयोग गर्ने प्रचलन रहेको छ । दशैंमा अन्य समयमा भन्दा ५०/६० अर्व थप नोटको आवश्यकता पर्दछ ।
दशैंमा सर्वसाधारणलाई बितरण गरिने ५ रुपैयाँदेखि माथिका दरका नोटहरु यस पटक राष्ट्र बैकले बितरण नगरे पनि बजारमा नोटको अभाव भने नहुने राष्ट्र बैकले जनाएको छ ।
नयाँ नोट लिन दशैंमा सर्वसाधारणको भीडभाड लाग्ने हुदाँ यो बर्षको दशैंमा राष्ट्र र्बैकले लाइन लगाएर नयाँ नोट नबाड्ने अवस्थामा पुगेको हो । कोरोनाको संक्रमणमा बैक तथा बित्तीय संस्थाका कर्मचारीहरु बढी मात्रमा संक्रमित हुन थालेका छन् ।
कोरोना महामारीबाट पछिल्ला समय नेपाल राष्ट्र र्बैकका कर्मचारी तथा प्राविधिक जनशक्ति समेत संक्रमित भएका छन् । कोरोनाको संक्रमणबाट राष्ट्र बैकका डिपुटी गर्भनर शिवराज श्रेष्ठ लगायतका उच्च तथा सहायक कर्मचारीहरु पनि कोरोनाबाट प्रभावित भएका छन ।
- भोटेकोशी बाढी : मृतक र बेपत्ताको पहिचान गर्न डीएनए परीक्षण तीव्र
- भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
- संसद् बैठकमै ढले कांग्रेस सांसद भरत खड्का, वीर अस्पताल लगियो
- टनेल उद्धारमा उपकरण अभाव, सडक नबनेसम्म समस्या : कुलमान घिसिङ
- लाङटाङ खोला आयोजनाको सुरुङबाट दुई शव निकालियो, २५ जना सम्पर्कविहीन
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२





प्रतिकृया दिनुहोस्