March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घट्यो

काठमाडौ, असोज ६  (ई–रैवार) 

सुनको मूल्य मंगलबार तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार ५ सय रुपैयाँ कारोबारमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १ हजार ७ सय कम भएमको जनाएको छ ।

मंगलबारका लागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन् ।

कोरोना भाइरस (कोभिड-१९)का कारण मन्दी छाएको विश्वअर्थतन्त्रमा लगानीका वातावरणहरु फराकिलो बन्दै जानु,सुनमा भएको लगानी घट्दै अन्त लगानी थपिनु जस्ता कारणले मूल्य घटेको व्यवसायीहरुले बताएका छन् ।