March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो अनलिमिटेड अफर

काठमाडौं, आश्विन २ (ई-रैवार) 

नेपाल टेलिकमले संविधान दिवसको अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक तथा अन्य विभिन्न प्याकउपलब्ध गराउने भएको छ ।

कम्पनीले असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपियाँ प्रतिप्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने जनाएको छ ।

साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपियाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक ८ सय ५० रुपियाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमायसमा ३४ दशमलव ७ प्रतिशत छुट गरिएको कम्पनीले जनाएको छ । सो अनुसार यो प्याक असोज २, ३ र ४ गते ५ सय ५५ रुपियाँमा उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले सो अनुसार यो प्याक असोज २, ३ र ४ गतेसम्म खरिद गर्न सकिनेछ। उक्त अफरहरु  *१४१५*११# डायल गरी प्राप्त गर्न सकिने जनाएको छ ।