प्रधानमन्त्री कार्कीले बोलाइन् सर्वदलीय बैठक
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक बोलाएकी छिन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएकी हुन् । निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई बैठकमा बोलाइएको सचिवालयले जनाएको छ । बैठकमा दलहरुलाई सरकारले अहिलेसम्म गरेका...






