मेडिकल व्यवसायी दुर्गा प्रसाईं मध्यराति पक्राउ

काठमाडौँ : मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंं प्रकाउ परेका छन् ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार उनलार्ई काठमाडौं भक्तपुरस्थित निवासबाट सोमबार मध्यराति पक्राउगरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको छ ।
आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने दुर्गा प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए । आन्दोलनको तयारीमा रहेका उनी पक्राउ परेका हुन् ।
प्रसाईंले देशै ठप्प पार्ने भन्दै उग्र अभिव्यक्ति दिइरहेकोमा सुरक्षा संयन्त्रले उनलाई ‘नोटिस’ मा राखेको थियो ।
केही दिनअघि गृह मन्त्रालयमा प्रसाईं समूहका तर्फबाट २६ बुँदे माग पत्र लिएर माधव खतिवडा गृह मन्त्रालयमा वार्ताका लागिसमेत पुगेका थिए ।
राजसंस्था फर्काउनुपर्ने, हिन्दुराष्ट्र स्थापना गर्नुपर्नेसहितका मागहरु प्रसाईंको समूहका तर्फबाट माधव कल्पितसहितका सदस्यहरुले राखेका छन् ।





प्रतिकृया दिनुहोस्