एनपिएल : आज सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाज भिड्दै

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न ४ बजे सुदूरपश्चिम र काठमाडौं आमनेसामने हुन लागेका हुन्।
प्रतियोगितामा काठमाडौंले एक खेल जितिसकेको छ भने सुदूरपश्चिमको पहिलो खेल हो। काठमाडौंले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।
दोस्रो खेल पहिलो संस्करणको उपविजेतासँग खेल्न लागेको हो।
काठमाडौंको कप्तानी करण केसीले सम्हालेका छन्। टिममा उनीसँगै मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, भीम शर्की, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर),सन्तोष यादव र सोनु देवकोटा समावेश छन्।
काठमाडौंको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देशाई छन्।
सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्र सिह ऐरीले गर्नेछन्। यस टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन्।
सुदूरपश्चिमो प्रशिक्षक जगत टमाटा छन्। अपराह्न ४ बजेपछि खेल हुने भएकाले दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ।
एनपिएलको दोस्रो सिजनमा हिजो भएको खेलमा विराटनगर किंग्सले सनादार सुरुवात गरेको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
विराटनगरको जितमा लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा १८ .५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा समेटियो। दोस्रो ओभरको चौथो बलमा ७ रन बनाएका दिनेश खरेल प्रतिश जिसीको बलमा आउट भए। यतिखेर पोखराले १२ रन बनाएको थियो।
त्यसपछि एडम रोसिङटन र कप्तान कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे। पोखराले पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७७ रन जोड्यो।
जारी एनपिएलमा पावर प्लेमा बनेको यो सर्वाधिक रन हो। यी दुईले दोस्रो विकेटको लागि ७६ रनको साझेदारी गरे। सातौं ओभरको अन्तिम बलमा रोसिङटन एडम शुभमको बलमा एलबिडब्लु धरापमा परे। उनले २१ बलमा ५ चौका र २ छक्का सहित ३९ रन जोडे।
एडम आउट भएपछि आठौं ओभरमा विराटनगरका कप्तान सन्दीप लामिछानेले २ महत्वपूर्ण विकेट लिए। यो सँगै विराटनगरले सानदार कमब्याक गर्यो। जेम्स निसमलाई गोल्डेन डक आउट गरे। त्रित दास पनि रनको खाता नखोली सन्दीपको बलमा बोल्ड आउट भए। यो ओभरमा सन्दीपले मात्र ३ रन दिएर २ विकेट लिंदा पोखरा दबाबमा आयो।
पाँचौ विकेटको रूपमा किरण ठगुन्ना आउट भए। ८ रन बनाएका उनी सूर्य तामाङको बलमा मार्टिन गप्टिलद्वारा समातिए। ५ विकेटको नोक्सानीमा पोखराले १ सय ३ रन बनाएको थियो।
यसपछि कप्तान कुशलले २५ बलमा ५ चौका र ३ छक्का सहित अर्धशतक बनाए। कुशललाई अन्य खेलाडीले साथ दिएनन्। अभिषेक तिवारी ११ रनमा आउट भए।
सातौं विकेटको रूपमा कुशल ५९ रनमा आउट भएपछि भने पोखराको हार लगभग निश्चित भएको थियो। ३१ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे। उनी सातौं विकेटको रूपमा आउट हुँदा पोखरालाई जितको लागि ३५ बलबाट ९२ रन आवश्यक थियो।
बलिङमा सन्दीप , प्रतिश, मर्चेन्ट डि लाङ्गे र शुभमले २/२ विकेट लिए।
त्यसअघि पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ सय २० रन बनाएको छ। यसअघि पहिलो संस्करणमा विराटनगरले लुम्बिनीविरूद्ध १ सय ९२ रन चेज गर्दै १ सय ९३ रन बनाएको थियो।
विराटनगरले आज दोस्रो ओभरको दोस्रो बलमा पहिलो विकेट गुमायो। जर्ज मुन्सेला १० रनमा म्याट टेलरकको बलमा आउट भए। यतिखेर विराटनगरले १४ रन मात्र बनाएको थियो। पहिलो पावर प्लेमा १ विकेट गुमाएर विराटनगरले ५५ रन बनायो।
लोकेश बम र गप्टिल क्रिजमा छाउँदा चौका र छक्काको वर्षात नै गरे। मार्टिनले २८ बलमा ३ चौका र ४ छक्का सहित अर्धशतक बनाए। १० ओभरको समाप्तिमा विराटनगरले १ विकेटको नोक्सानीमा १ सय १ रन जोड्न सफल भयो। यी दुई ब्याटरले पोखराका बलरलाई निरिह नै बनाए।
लोकेशले ३७ औं बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाए। यो क्रममा उनले ५ छक्का प्रहार गरे। लोकेश र गप्टिलले शतकीय साझेदारी गरे। १ सय ३२ रनको साझेदारी गरेर गप्टिल ६१ रनमा आउट भए। उनले ३५ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे।
एनपिएलमा यो दोस्रो सर्वाधिक साझेदारी हो। यसअघि पहिलो संस्करणमा दिनेश खरेल र एन्ड्रेस गसले १ सय ७६ रनको साझेदारी गरेका थिए।
लोकेश ७२ रनमा कुशल भुर्तेलको बलमा विपि खत्रीद्वारा क्याच आउट भए। उनले ४८ बल खेलेर १ चौका र ७ छक्का प्रहार गर्दै प्रभावशाली प्रदर्शन गरे। उनी आउट हुँदा विराटनगरले १५.३ ओभरमा १ सय ५७ रन बनाएको थियो।
शुभमने १६ बलमा ३ चौका र २ छक्का सहित ३८ रन जोडेर रन आउट भए। नारायण जोशी अविजित ११ रनमा रहे। बलिङमा म्याट टेलरले ४ ओभरमा ४८ रन दिएर २ विकेट लिए। सागर ढकाल र कुशल भुर्तेलले १/१ विकेट लिए।
त्यसअघि हिजो भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयी सुरूवात गरेको हो।
जितको लागि १ सय ६७ रनको लक्ष्य पछाएको चितवनले १९.१ मा ६ विकेट गुमाउँदै पूरा गर्यो। चितवनले सुरुवात राम्रो गर्न सकेन । पहिलो पावर प्लेमा मात्र ४१ रन जोड्दा २ विकेट गुमाइसकेको थियो।
ओपनर डाविट मलान ६ रनमा उनिश सिंहको बलमा आउट भए। यतिखेर चितवनले २२ रन जोडेको थियो। लगतै देव खनाल दुर्भाग्यपुर्ण रन आउट हुन पुगे। उनिशको बलमा दीपक बोहरा स्ट्राइकमा थिए।
उनले प्रहार गरेको बललाई कट-एण्ड बोल्डबाट थोरैले चुके। उनको हातमा छोएर गएको बल नन स्ट्राइक एन्डको स्टम्पमा लाग्यो। यो बेला देव अगाडि बढेका थिए। जसको कारण उनी रन आउट हुन पुगे। दुई बल खेलेर २ रनमा देव पबिलियन फर्किए।
तेस्रो विकेटको रूपमा दीपक बोहरा युवराज खत्रीको बलमा सोमपालद्वारा क्याच आउट भए। उनले ३६ बलमा ६ चौका र १ छक्का सहित ४२ रन जोडे। उनी आउट हुँदा चितवनले ६७ रन मात्र बनाएको थियो।
१० ओभरको समाप्तिमा ६९ रन मात्र जोडेर दबाबमा रहेको चितवनले यसपछिको ३ ओभरमा ३१ रन जोड्न सफल रहयो। चौधौं ओभरमा २० रन बनाएका कुशल मल्ल दोमपालको बलमा गुल्सनद्वारा क्याच आउट भए। उनी आउट हुँदा चितवनले १ सय १ रन बनाएका थिए।
त्यसपछि १५ औं ओभरको अन्तिम बलमा सेफ जेबले ८ जीवनदान पाए। युवराज खत्रीको बलमा नन्दन यादवले क्याच छुटाए। जुन छक्कामा परिणत भयो। यो नै कर्णालीको लागि घातक बन्यो।
रवि बोपरा र सेफ जेबले चितवनलाई जिततर्फ अगाडि बढाए। चितवनलाई जितको लागि १८ बलमा २७ रन जरूरी थियो। १८ औं ओभरमा सेफले लगातार दुई छक्का प्रहार गरेपछि चौथो बलमा सेफ सोमपालको बलमा एलबओडब्लज धरापमा परे। १६ बलमा दुई चौका र चार छक्का सहित उनले ३८ रनको पारी खेले।
त्यसपछि १२ बलमा जितको लागि १३ रन जरूरी थियो। जहाँ ३५ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाए। रवि ५२ रनमा आउट भए। यसपछि सोहेल तनबीरले छक्का प्रहार गर्दै टिमलाई ४ विकेटको जित दिलाए।
बलिङमा सोमपालले २ विकेट लिए। यस्तै उनिश, मार्क र युवराजले एक-एक विकेट लिए।
त्यसअघि कप्तान कुशल मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि कर्णालीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६६ रन बनायो।
दुई विदैशी खेलाडी म्याक्स ओ डाउड र प्रियंक पाञ्चलले राम्रो सुरूवात दिलाए। उनीहरूले पहिलो पावट प्लेमा ५५ रन जोडे। यी दुईले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरे। म्याक्स सेफ जेबको बलमा बोल्ड आउट भए। उनले २० रन बनाए। ८ ओभर ५ बलमा चितवनले पहिलो विकेट निकाल्यो।
वान डाउमा पनि विदेशी खेलाडी मार्क वाल्ट क्रिजमा छिरे। क्रिजमा रहेका प्रियंकले २८ वलमा अर्धशतक बनाए। उनले ४ चौका र ३ छक्का सहित ५० रन जोडे। यी दुईले दोस्रो विकेटको लागि ६३ रनको साझेदारी गरे। प्रियंकले सानदार ब्याटिङ गरे। ४८ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे। उनी रवि बोपराको बलमा देव खनालद्वारा क्याच आउट भए।
चौथो विकेटको रूपमा मार्क वाट २१ बल खेल्दै १६ रनमा सोहेलको बलमा आउट भए। यतिखेर कर्णालीले १ सय ४० रन बनायो। पवन सराफले १६ बलमा १ चौका र ३ छक्का सहित अविजित २७ रन बनाए। नाझिबिल्लाह जर्डान अविजित ४ रन बनाए।
बलिङमा सोहेल, सेफ र रविले एक-एक विकेट लिए।



प्रतिकृया दिनुहोस्