बैतडीमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, दुईजना घाइते
- Eraibar
- २०८२ फाल्गुन १४, बिहीबार १३:१७
- 8 Shares

बैतडी : बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डिलासैनी गाउँपालिका–७ लेक टोलमा घरदैलो कार्यक्रमका क्रममा दुई पक्षबीच विवाद चर्किएपछि झडप भएको हो ।
प्रहरीका अनुसार घाइते हुनेमा डिलासैनी–७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी छन् । दुवै एमालेनिकट युवा संघसँग आबद्ध रहेको बताइएको छ ।
झडपमा जनकको टाउको र निधारमा चोट लागेको छ । माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ । अहिले अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
- दशैंका कारण सर्यो बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम
- कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने
- सुदूरपश्चिम प्रदेशमा दसैंले फर्काउँछ थातथलो, जात्राले जोड्छ मन
- आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै, शक्तिपीठमा भक्तजनको भीड
- वर्षौंदेखिको प्रतीक्षा सकियो, सुदूरपश्चिम प्रदेशमै अब एमबीबीएस पढाइ
-
सुदूरपश्चिमको रातो किताबमाथि प्रश्नैप्रश्न : आवश्यकताभन्दा पहुँच र स्वार्थ हाबी भएको आरोप
२०८३ आश्विन २६, सोमबार १३:२७ -
डोटी कांग्रेसबाट १५औँ नियमित महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत, को-को भए निर्वाचित ?
२०८३ आश्विन २६, सोमबार १४:२२ -
कांग्रेस देउवा समूहको डोटी सभापतिमा खड्का सर्वसम्मत, अन्य पदाधिकारीमा को-को भए निर्वाचित ?
२०८३ आश्विन २५, आईतवार ०९:४८ -
‘काक्रो नखाई निधारमा बियाँ कसरी लाग्यो ?’ भन्दै निवर्तमान मुख्यमन्त्री शाहले मागे अर्थमन्त्री मल्लको राजीनामा
२०८३ आश्विन २८, बुधबार १६:२८ -
बजेट विवादले सुदूरपश्चिम नेकपामा बढायो असन्तुष्टि, नेता बोहराद्वारा पार्टी परित्याग
२०८३ आश्विन २६, सोमबार १३:५१





प्रतिकृया दिनुहोस्