सेवामा समर्पित आनन्द बिष्ट : संकटका सहारा, समाज परिवर्तनका सारथी

काठमाडौं : गोरखबहादुर बिष्ट ‘आनन्द’का लागि सपनाको पुञ्ज होइन राजनीति, पवित्र भावका साथ जनताको सेवा गर्ने थलो हो। जहाँ रहेर उनी सुशासन, समृद्धि र दिगोविकास जस्ता जनताका अभिष्ट पूरा गर्न तीन दशकदेखि सक्रिय छन्।

बिष्ट सुदूरको दूर भूमि डोटीको गड्सेरामा २०२९ जेठ १३ गते जन्मिए। उनी मध्यमवर्गीय परिवारमा जन्मिएका व्यक्ति हुन्। पहाडीया दैनिकी कष्टकर थियो। बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता थुप्रै आधारभूत आवस्यकताको अभाव थियो। बुबाआमाको जीवन मेलापातमा अभाव, चुनौति र संघर्षका सुस्केरा सुसेल्दै वित्यो। तर, उनीहरूमा आफ्ना सन्तानहरूलाई राम्रो शिक्षादिक्षा दिएर शिक्षित बनाउनुपर्छ भन्ने चेतनको हुटहुटी थियो।

बिष्टले दुई कक्षासम्म डोटीको गडसेराको खहडास्थित महेन्द्र प्राथमिक विद्यालयमा अध्ययन गरे। त्यसपछि परिवार बसाइ सरेर धनगढी पुग्यो। उनले धनगढीस्थित पञ्चोदोय माद्यामिक विद्यालयबाट एसएलसी पास गरे। थप अध्ययनका लागि भारतको देहरादुन, काठमाडौं हुँदै अमेरिकासम्म पुगे। र, आफ्ना माता–पिताको सपना पूरा गरे।

जहाँ पुगे पनि उनलाई राष्ट्र प्रेमले कहिले छोडेन। बाका हलोसँगै जोतिएका संघर्षका कथा, आमाका घाँसको दाम्लोसँगै निधारमा कोरिएका दुःखका व्यथा बिष्टको आँखामा जहिल्यै घुमिरहेका हुन्थे। ती कथाव्यथा उनका बुबाआमाका मात्र नभएर सिंगो गाउँलेका पनि थिए। त्यसैले बिष्टको मनमा सधैँ आफ्नो गाउँठाउँका लागि केही गर्नुपर्छ भन्ने चेतना थियो। त्यसैले बेलाबखत देशका दूरदराजमा बिष्ट सकेको सहयोग गरिरहेका हुन्छन्।

कांग्रेसमा विष्टको योगदान

उनी तीन दशकदेखि कांग्रेसमा रहेर राजनीतिका माध्यमले लोकतान्त्रिक आन्दोलन र समाजसेवामा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। उनी आफ्ना शुभचिन्तकमाझ गोरखबहादुर भन्दा बढी आनन्द बिष्ट नामले सुपरिचित छन्। बिष्ट नेपाली कांग्रेसका एक इमान्दार सिपाही हुन्।

बिष्टमा विद्यार्थी जीवनबाट नै राजनीतिप्रति उच्च चेत थियो। नेपालमा २०४६ सालमा जनान्दोलनको राप–ताप थियो। बिष्ट अध्ययनका लागि देहरादुन पुगेका थिए। नेपालमा बहुदलीय प्रजातन्त्रको माग गर्दै आन्दोलन हुँदा विदेशमा समेत त्यसको पक्षमा नारा घन्किरहेको थियो। उनी जनआन्दोलनमा जोडिएर भारतमा रहेका नेपालीहरूले गरेको प्रदर्शनमा भाग लिन देहरादुनबाट नयाँ दिल्लीसम्म पुगेका थिए। यसरी विद्यार्थी जीवनबाटै बिष्ट कांग्रेसको बैचारिक धारमा जोडिएका थिए। नेपाल फर्केर उनी राजधानीको शंकरदेव क्याम्पसमा भर्ना भए। शंकरदेवमा अध्ययन गर्दैगर्दा सन् १९९८ मा विष्ट अमेरिका पुगे।

अमेरिका पुगेपछि पनि उनी निरन्तर नेपालको प्रजातन्त्रलाई बलियो बनाउन विश्व समुदायको ध्यानाकर्षण गराउने अभियानमा सक्रिय रहे। सन् १९९९ मा बिष्टसहित लोकतन्त्र पक्षधर न्यूयोर्कमा रहेका युवाहरूले ‘नेप्लिज डेमोक्रेटिक युथ काउन्सिल’ संस्था स्थापना गरे। बिष्ट त्यसको संस्थापक संयोजक बने। त्यही काउन्सिलको अगुवाइमा आम लोकतन्त्र पक्षधर अमेरिकाका नेपालीहरूको तर्फबाट सन् २००२ को सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको भवन अगाडी नेपालमा लोकतन्त्रको पक्षमा र निरङ्कुश राजतन्त्रको विपक्षमा विशाल र्‍यालीको आयोजना गरियो। त्यसको नेतृत्वदायी भूमिका पनि बिष्टले नै निर्वाह गरेका थिए।

चार वर्षसम्म संयुक्त राष्ट्रसंघ, ह्वाइटहाउस, क्यापिटलहिल, युरोपियन युनियन र विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्थालाई नेपालमा लोकतन्त्र पुर्नवहालीको लागि ज्ञापन पत्र बुझाउने काम पनि उनकै नेतृत्वमा भयो। संयुक्त राष्ट्रसंघको साधारण सभामा आउने विभिन्न देशका राष्ट्राध्यक्षहरूलाई पनि लोकतन्त्र पुर्नवहालीका लागि उनी नेतृत्वको समूहले दवाव सिर्जना गरिरह्यो।
‘२०६२/६३ को जनआन्दोलनमा मेरो नेतृत्वमा अमेरिकामा भएको प्रदर्शन राजनीतिक जीवनकै टर्निङ् प्वाइन्ट बन्न पुग्यो। हामीले न्यूयोर्क, वासिंगटन डिसीलगायतका सहरमा लोकतन्त्रको पक्षमा विश्व समुदायको ध्यानाकर्षण गराउँदै सहयोग माग गरेका थियौं। त्यसले नेपालमा लोकतन्त्रको पक्षमा अन्तर्राष्ट्रिय सहयोगका लागि ‘माइल स्टोन’को काम ग¥यो। मूलधारका सञ्चार माध्यममा प्रधान रुपमा समाचार प्रकाशन भयो। त्यसपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले मलाई फोन गरेर बधाई ज्ञापन गर्नुभयो,’ बिष्ट सम्झिन्छन्।

सोही क्रममा बिष्टलाई कोइरालाले कांग्रेस निकट साथीहरूलाई समेटेर नेपाली जनसम्पर्क समिति गठन गर्न निर्देशन दिए। सन् २००५ मा विष्टले नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक संयोजक भएर पार्टीले सुम्पिएको जिम्मेवारी बहन गर्दै संगठनलाई अमेरिकाभर विस्तार गरेका छन्। त्यसपछि सन् २००८ मा न्यूयोर्कमा जनसम्पर्क समितिको पहिलो अधिवेशनबाट बिष्ट निर्विरोध सभापति चयन भए।

सन् २०१४ मा दोस्रो पटक भारी मतका साथ समितिको अधिवेशनमार्फत सभापतिमा निर्वाचित भएका विष्टको नेतृत्वमा हाल अमेरिकामा २६ वटा च्याप्टर विधिवत रुपमा क्रियाशील छन्। बिष्टले ११औं, १२औं, १३औं र १४औं महाधिवेशनबाट कांग्रेसको महासमिति सदस्य चयन भएर काम गरेका छन्। १३औं महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउबाले बिष्टलाई कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। यसरी भूगोल बाहिरबाट कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य मनोनित हुने बिष्ट पहिलो व्यक्ति हुन्। उनले अमेरिकामा मात्र नभएर विश्वभर कांग्रेसको संगठन निर्माणका लागि अहम भूमिका निर्वाह गरेका छन्।

उनको त्यही इमान्दारिता र लगावको कदर कर्दै कांग्रेसले यसपटक प्रतिनिधिसभा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को उम्मेदवार बनाएको छ। यतिबेला बिष्ट घरघर पुगेर जनमनका कुरा सुनिरहेका छन्। उनले भने, ‘आफ्ना कुरा सुनाएर मात्र परिवर्तन सम्भव छैन, अहिले मेरो कोसिस भनेको जनताका कुरा सुन्ने, पीडा सुन्ने, त्यसलाई मनन गर्ने र त्यसैमुताविक जनपेक्षाअनुसार काम गर्ने हो। मैले गर्ने कामहरू घोषणा पत्रमार्फत सार्वजनिक गरिसकेको छु।’

बिष्टको सामाजिक छवी

बिष्ट राजनीतिकर्मी मात्र होइनन्। उनको लोभलाग्दो सामाजिक छवी छ। उनले आफ्नो जीवनमा थुप्रै सहयोग गरेका छन्। अमेरिका पुग्ने प्रत्येक नेपालीका लागि बिष्टको घरको दैलो सदा खुला रहन्छ। बिरानो मुलुकमा पुगिसकेपछि स