बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
धनगढी । सुदूरपश्चिम प्रदेशको बजेट विवादले राजनीतिक रूप लिन थालेको छ। नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री खगराज भट्टसहित मन्त्रीहरूलाई नैतिकताका आधारमा राजीनामा दिएर सरकारबाट बाहिरिन आग्रह गरेको छ। बजेटजस्तो संवेदनशील विषयमा सरकारले प्रदेशसभा र आफ्नै सांसदलाई समेत गुमराहमा पार्ने गरी...


