प्रधानमन्त्री कार्कीको आह्वानमा सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक बस्दै
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल आइतबार दिउँसो ४ बजे बस्नेगरी प्रधानमन्त्री कार्कीले मुख्यमन्त्रीहरूसहितको बैठक आह्वान गरेकी हुन्। बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका...






