April 17, 2026, Friday
२०८३ बैशाख ४

राष्ट्रिय बाणिज्य बैंक डोटीद्वारा स्वास्थ्य सामाग्री सहयोग

गणेश मौनी
सिलगढी साउन २६ (ई-रैवार)

राष्ट्रिय बाणिज्य बैंक डोटी शाखाले स्वास्थ्य कार्यालय डोटीलाई स्वास्थ्य सामाग्रि सहयोग गरेको छ । बैंकले स्वास्थ्य कार्यालय डोटीलाई सर्जिकल माक्स १२ सय थान, सेनिटाईजर १५ बोतल, एन ९५ माक्स ४० थान सहयोग गरेको हो ।

जिल्लामा तिब्रतर रुपमा बढीरहेको कोरोना संक्रमणको अवस्थामा सर्तकता अपनाउन सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्रि सहयोग गरिएको राष्ट्रिय बाणिज्य बैंक डोटी शाखाका प्रबन्धक हरकसिंह धामीले बताए । उनले भने,‘फ्रन्टलाईनमा बसेर सेवा गरिरहेका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुगोस र उत्साह बढोस भनेर हामीले सहयोग गरेका हौ ।’ संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत स्वास्थ्य सामग्री सहयोग गरेको शाखा प्रबन्धक धामीले बताए ।

राष्ट्रिय बाणिज्य बैंक डोटी शाखाले यो भन्दा पहिले जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्रि, पुर्वीचौकी गाउँपालिका वडा नम्बर १ मा रहेको शाजेन्द्रेश्वर माबिमा अध्ययनरत दृष्टि बिहीन बालबालिका लाई न्यानो कपडा र उत्कृष्ठ अंक ल्याउने बिद्यार्थीहरुलाई पुरस्कार समेत सहयोग गरेको थियो ।

शाखा प्रबन्धक धामीले बैंकमा सेवा लिन आउने सेवाग्राहीले सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालन गरेर आउन समेत आग्रह गरेका छन् । हाल सामाजिक दुरी कायम सहित सरकारले जारी गरेका मापदण्डको पूर्ण पालना गरि सेवा प्रबाह गरिरहेका समेत बताए ।