भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न जिल्लामा गरी ९८७ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ। यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, गोरखामा ६५, नुवाकोटमा ९५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ।
बाढीमा अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल, नेपालका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका तीन जना राष्ट्रसेवक कर्मचारी रहेका छन्।
बाढीमा परी २७९ जना घाइते भएका छन्। घाइतेमध्ये उपचारपछि विभिन्न अस्पतालबाट १६८ जना डिस्चार्ज भइसकेका छन्। ११ हजार ८१४ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ ।
हालसम्म २१ हजार ११ जना सुरक्षाकर्मी परिचालित भएको प्राधिकरणले जनाएको छ ।





प्रतिकृया दिनुहोस्