भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
- Eraibar
- २०८३ भाद्र १६, मंगलवार ११:४७
- 1 Shares

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ।
यसअघि बसेको सर्वदलीय बैठकमा विपद्को दिगो समाधान तथा आगामी दिनमा विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्न उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो।
आजको बैठकमा उक्त सहमतिलाई कार्यान्वयनमा लैजाने तथा संयन्त्र गठनको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल हुने बताइएको छ।
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२ -
भोटेकोशी बाढीको पछिल्लो अपडेट : ३५९ शव फेला, ४१ पुलमा क्षति, रसुवा सडक सम्पर्कविहीन
२०८३ भाद्र ११, बिहीबार २०:२९





प्रतिकृया दिनुहोस्