November 1, 2026, Sunday
२०८३ कार्तिक १६

एनपीएल : पोखराले टस जितेर जनकपुरविरुद्ध फिल्डिङ रोज्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर जनकपुरलाई ब्याटिङको निम्तो दिएका हुन्।

पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा रहँदा जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रिएको छ। पोखराको यो दोस्रो खेल हो भने जनकपुरले आज तेस्रो खेल खेल्दैछ।

पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो। जनकपुरले भने यसअघि खेलेका दुईमध्ये एक खेलमा जित र एकमा हार बेहोरेको छ।

जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो।

आजको खेलमा जित निकाल्दै जनकपुर जितको संख्या दुई पुर्‍याउने र पोखरा प्रतियोगितामा पहिलो जितको खाता खोल्ने लक्ष्यमा छन्। एनपीएलमा आज एक खेलमात्र हुँदैछ।