धनगढीको रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहित ११ जना पक्राउ
- Eraibar
- २०८३ आश्विन २३, शुक्रबार १५:२९
- 11 Shares

धनगढी । कैलालीको धनगढीस्थित एक रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहित ११ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित तड्का रेस्टुरेन्टबाट बिहीबार बेलुकी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले रेस्टुरेन्टमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालकसमेत रहेका अछामको साँफेबगर नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा बस्दै आएका २३ वर्षीय सुरेश कुँवर पनि छन्।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद २६ हजार ८५० रुपैयाँ र एक गड्डी तास बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- बलायरद्वारा डोटी कांग्रेसको बीपी र सिद्धराज स्मृति भवन उद्घाटन
- सुदूरपश्चिम प्रदेशमा बजेट ल्याउने बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
- कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साढे २ बजेसम्म ३ हजार ७५४ मत खस्यो
- सुदूरपश्चिममा भारी वर्षा, चार प्रदेशका पहाडी क्षेत्रमा सतर्कता अपनाउन आग्रह
- कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो
-
कैलाली-५ बाट महाधिवेशन प्रतिनिधिमा श्रमीक नेता नवीन रावल निर्वाचित, अरु को-को भए निर्वाचत ?
२०८३ आश्विन १५, बिहीबार १६:१४ -
असोज २० देखि उम्मेदवार छनोट र सरकारका काम लिएर ७५३ वटै पालिका पुग्दै रास्वपा
२०८३ आश्विन १४, बुधबार १३:५७ -
डोटीको बडिकेदारमा देउवा पक्षको वडा तथा गाउँपालिका अधिवेशन असोज १८ गते
२०८३ आश्विन १६, शुक्रबार १६:०८ -
कांग्रेस महाधिवेशन : पदाधिकारीमा हालसम्म कस-कसले दिए उम्मेदवारी ?
२०८३ आश्विन २०, मंगलवार १६:२९ -
कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ
२०८३ आश्विन १७, शनिबार १५:१४





प्रतिकृया दिनुहोस्