March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

ग्लोबल आईएमई बैंकको  दिपायल शाखा विस्तार

गणेश मौनी
डोटी फागुन ५(ई-रैवार): ग्लोबल आईएमई बैंकले दिपायलमा शाखा विस्तार गरेको छ । सोमबार एक कार्यक्रमका बिच विस्तारित शाखाको उद्घाटन गरिएको छ । ग्लोबल आईएमई बैँकका अध्यक्ष एबं नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रकाश ढकाल, डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौड्याल र उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष मोहन कलेलले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।
यसअघि डोटी जिल्लाकै पुर्वीचौकी र बोगटान फुड्सिल गाउँपालिकामा शाखा स्थापना गरेको यो बैँकले दिपायलमा आफ्नो एक सय ५१औँ शाखा विस्तार गरेको हो ।
शाखाको उद्घाटनपछि अध्यक्ष ढकालले बैंकले डोटीको वीत्तीय क्षेत्रमा उल्लेख्य सहयोग गर्ने बताए । त्यसका लागि हातेमालो गर्न उनले सबैसंग आग्रह गरे ।
ग्लोबल आईएमई बैंक र जनता बंैक मर्ज भएपछी देशको सबै भन्दा ठुलो बैंकको रुपमा स्थापना भएको उक्त बैंकले दिपायलमा शाखा सुरुवात  हुनु राम्रो कुरा भएको उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष मोहन कलेलले बताए  ।
ठाउँठाउँमा प्राईभेट बैंक स्थापना हुदाँ प्रत्येक नागरिकलाई बैंकमा जम्मा गर्नुपर्छ भन्ने बानीको बिकासमा सहयोग पुग्ने डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।