October 31, 2026, Saturday
२०८३ कार्तिक १५

दार्चुलामा भूकम्पको धक्का

दार्चुला : दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको हो ।

केन्द्रका अनुसार दार्चुलाको घुसा केन्द्र बिन्दूगरी आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको थियो। उक्त भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड रहेको केन्द्रले जानकारी दिएको छ।

सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाका अनुसार भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो।