कैलालीको भादा होमस्टे नेपालमै उत्कृष्ट, एक लाख धनराशीसहित पुरस्कृत

धनगढी । कैलालीको थारु होमस्टे गाउँ भादा नेपालभरमै उत्कृष्ट होमस्ट बनेको छ । धनगढी उपमहानगरपालिका १६ मा रहेको भादा होमस्टेलाई एक कार्यक्रमको बीच उत्कृष्ट घोषणा गर्दै एक लाख धनराशी सहित पुरस्कृत भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको तारा गाउँ विकास समितिले सोमबार भादा होमस्टेलाई उत्कृष्ट घोषणा गर्दै एक लाख धनराशीले पुरस्कृत गरेको समितिका अध्यक्ष सुरेशराज जोशी जानकारी दिएका हुन ।
तारा गाउँ विकास समितिले नेपालभरकै होमस्टेलाई केही समय अगाडि पुरस्कारको लागि आवेदन आह्वान गरेको थियो । सोही आवेदनको आधारमा भादालाई उत्कृष्ट होमस्टेको रुपमा छनोट गरेको होमस्टे महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिनेश दहितले जानकारी दिए ।
भादामा आयोजित सुदूरपश्चिम प्रदेशगत होमस्टे कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । सो गोष्ठीको समापन कार्यक्रमको अवसरमा समितिका अध्यक्ष जोशी तथा कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामीमार्फत पुरस्कार हस्तान्तरण गरिएको थिए ।
बर्दियाको डल्ला स्टे दोस्रो भएको छ । डल्ला होमस्टेलाई जैविकमार्ग होमस्टेको रुपमा ७५ हजार धनराशीले पुरस्कृत गरिएको छ । भने, काठमाडौको हाँडि गाउँ होमस्टे तेस्रो भएको छ । हाडि गाउँ होमस्टेलाई ५० हजार धनराशीसहित पुरस्कृत गरिएको छ ।



प्रतिकृया दिनुहोस्