मलेसियालाई ६ विकेटले हराउँदै नेपाल लगातार दोस्रो जितमा

काठमाडौँ । मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। बिहीबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भयो। मलेसियाका कप्तान सयद अजिजले सर्वाधिक ३० रन बनाए।
नेपालका करण केसीले ७.३ ओभरमा २३ रन खर्चेर चार विकेट लिए। ललित राजवंशीले दुई तथा कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।
१०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। ओपनर अर्जुन कुमाल ४५ रनमा नटआउट रहे। उनले ६८ बलमा चार चौका प्रहार गरे। दीपेन्द्रसिंह ऐरी १२ रनमा अविजित रहे।
यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो। नेपालले अब भदौ २१ गते साउदी अरेबिया र भदौ २३ गते हङकङसँग खेल्नेछ।
समूह ‘ए’ को शीर्ष दुईमा रहे नेपाल सेमिफाइनल पुग्नेछ। एसिया कप २०२७ मा छनोट हुन नेपालले प्रतियोगिता जित्नुपर्नेछ।





प्रतिकृया दिनुहोस्