June 19, 2025, Thursday
५ असार २०८२, बिहीबार

मुख्यमन्त्री शाहको भारत भ्रमण : योगी र धामीसँग के-के कुराकानी भयो ?

काठमाडौँ । भारत भ्रमणमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटेका छन् । सुदूरपश्चिमको सिमाना भारतको ती दुवै राज्यसँग जोडिन्छ ।

प्रदेशगत तहमा सम्बन्ध विकास गर्ने उद्देश्यले शाहले सीमापारिका दुवै राज्यका मुख्यमन्त्रीहरूसँग भेटेका हुन् । सीमा क्षेत्रमा देखिएका समान चुनौती र अवसरका बारेमा दुवै नेतासँग छलफल भएको मुख्यमन्त्री शाहले बताए । सोमबार लखनऊमा योगीसँग भेटेका शाहले सीमावर्ती क्षेत्रमा सडकको सुधारदेखि, लागूऔषध कारोबारमाथि नियन्त्रण र उत्तर प्रदेशका पर्यटकलाई सुदूरपश्चिम ल्याउने योजनाहरूका विषयमा छलफल गरेका छन् ।

‘उहाँसँग धेरै विषयहरूमा कुराकानी भएको छ । नेपाललाई जोड्ने भारतीय सीमाभित्रका कातिपय बाटाहरू नराम्रो भएकाले आवतजावतमा कठिनाइ रहेको विषयमा उहाँको ध्यानाकर्षण गराएका छौं,’ उनले भने ‘कैलालीको खकरौलदेखि पारि टिकुनियासम्म र कञ्चनपुरको बेलौरीदेखि सीमापारिको खजुरियासम्मको बाटो स्तरोन्नतिका लागि आग्रह गरेका छौं ।’

Chief Minister Shah's visit to India: What was the conversation with Yogi and Dhami?उत्तर प्रदेशसँग जोडिएका उक्त दुई बाटो राम्रो भएको खण्डमा त्यसको लाभ सुदूरपश्चिमको पर्यटनले पाउने उनले बताए । समग्रमा उत्तरप्रदेश र सुदूरपश्चिमबीच ‘रोड कनेक्टिभिटी’ बढाउने सन्दर्भमा आफूहरूले प्रस्ताव गरेको उनले जनाए । ‘त्यसमा योगीजीको सकारात्मक प्रतिक्रिया आएको छ,’ उनले सुनाए ‘परापूर्व कालदेखि चल्दै आएको धार्मिक रूटको विकासका सन्दर्भमा पनि छलफल भएको छ ।’

मुख्यमन्त्री योगीले दुई देशबीचको सम्बन्धलाई ‘दुईवटा शरीर र एउटा आत्मा’ का रूपमा अर्थ्याउँदै नेपालको विकासमा भारतले सदैव सकारात्मक भूमिका खेल्ने बताएका थिए । शाहले समकक्षी योगीसँग आधा घण्टा एक्लाएक्लै पनि भेटेका थिए । ‘नेपाल र नेपाली जनताप्रति उहाँको सदभाव अत्यन्तै राम्रो पाए,’ शाहले भने ‘जनता जनताबीचमा कायम सम्बन्धलाई अझ विकसित बनाएर लौजानुपर्ने उहाँको धारणा थियो ।’

Chief Minister Shah's visit to India: What was the conversation with Yogi and Dhami?मुख्यमन्त्री शाह नेतृत्वको टोलीले मुख्यमन्त्री योगीको ‘कमान्ड डेस्क’ तथा उत्तर प्रदेश विधानसभाको पनि निरीक्षण गरेका छन् । प्रदेशभरिको विकास योजनाको प्रगति, जनताका गुनासा देखि अन्य कार्यका विषयमा मुख्यमन्त्रीले ‘कमान्ड डेस्क’ बाट जानकारी लिने गरेको तथा विधानसभा पूर्ण ‘पेपरलेस’ बनाइएको सन्दर्भमा शाह नेतृत्वको टोलीले जानकारी लिएका छन् । मुख्यमन्त्री शाहको नेतृत्वमा प्रदेशसभाका सर्वदलीय प्रतिनिधित्व हुने गरी १० जनाको टोली भारत भ्रमणमा छन् ।

भारतको विदेश मन्त्रालयको औपचारिक निमन्त्रणामा धनगढी–काठमाडौं हुँदै मुख्यमन्त्रीको टोली वैशाख १६ मा दिल्ली पुगेको हो । २०७४ मा नेपाल प्रदेश संरचनाको अभ्यासमा गएयता भारत सरकारको निमन्त्रणमा पहिलो पटक कुनै मुख्यमन्त्रीले भारतको औपचारिक भ्रमण गरेका हुन् । दुई दिन दिल्लीमा बिताएका उक्त टोलीले विदेशराज्यमन्त्री कीर्तिवर्द्धन सिंहसँग भेटनुका साथै विवेकानन्द फाउन्डेसनमा अन्तरक्रियाको अवसर पाएका थिए । सुदूरपश्चिममा रहेको पश्चिम सेती र सेती नदी ६ जलविद्युत् आयोजनामा काम गरिरहेको भारतीय सरकारी कम्पनी एनएचपीसीका पदाधिकारीहरूसँग पनि मुख्यमन्त्री शाहको टोलीले भेटेका थिए ।

Chief Minister Shah's visit to India: What was the conversation with Yogi and Dhami?दिल्लीबाट देहरादून पुगेको नेपाली टोलीले शनिबार उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटेको थियो । नेपाल र भारतका दुई प्रदेशका नागरिकबीच रहेको धार्मिक, सांस्कृति र सामाजिक समानता तथा सम्बन्धलाई संरक्षण गर्ने विषयमा दुई नेताबीच कुराकानी भएको थियो । दार्चुलामा निर्माणाधीन पुलको कार्यलाई गति दिन, बैतडीको झुलाघाट र डडेलधुराको परशुराममा पुल निर्माणको पहलका लागि उत्तराखण्डका मुख्यमन्त्रीसँग आग्रह गरिएको शाहले बताए ।

Chief Minister Shah's visit to India: What was the conversation with Yogi and Dhami?‘हामीसँग सीमा जोडिएका भारतका दुईवटा प्रदेशका नागरिकलाई पर्यटकका रूपमा नेपाल ल्याउन, कनेक्टिभिटी बढाउन र प्रदेश स्तरमा सम्बन्धको विकास बढाउने प्रयास गरेका हौं,’ शाहले भने ‘गत वर्षदेखि नै छिमेकी प्रदेशको औपचारिक भ्रमणको प्रयास गरेका थियौं । यसपालि उतैबाट निमन्त्रणा आएपछि भ्रमणको भएको हो ।’ जानेबेलामा काठमाडौं र दिल्ली हुँदै लामो यात्रा गर्दै लखनऊ र देहरादून पुगेको टोली फर्किंदा भने लखनऊबाट स्थलमार्ग हुँदै मंगलबार धनगढी आउँदैछन् । लखनऊबाट धनगढीको सीमावर्ती क्षेत्र गौरीफान्टा स्थलमार्गबाट ५ घण्टाको दूरीमा छ ।

भ्रमण टोलीमा रहेका एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य नरेश शाहीले दिल्ली, देहरादून र लखनऊको भ्रमण, भेटघाट र अन्तरक्रिया राम्रो भएको बताए । आपसी सम्बन्ध बढाउन र सीमावर्ती क्षेत्रका दोहरो समस्याहरूको पहिचान गरी त्यसको समाधानका दिशामा कुराकानी भएको उनले बताएका छन् । सुदूरपश्चिमबाट रोजगारीका लागि प्रशस्तै कामदार भारत जाने भएकाले उनीहरूको सुरक्षा, पारिश्रमिकलगायतका विषयमा पनि सबै तहमा कुरा राख्न पाइएको उनले उल्लेख गरे । कान्तिपुरबाट