डोटीको सायलमा भयो चार जनाको घरमा आगलागी
- Eraibar
- २०८१ फाल्गुन ११, आईतवार २०:५७
- 22 Shares

डोटी । डोटीको सायल गाउँपालिकामा चार घरमा आगलागी भएको छ । आइतबार डोटीको सायल गाउँपालिका–३ का चार जनाको घरमा आगलागी हुँदा एक लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ।
सायल गाउँपालिका–३ का पदी बिष्ट, प्रताप बिष्ट, चन्द्र बिष्ट र नर बिष्टको घरमा आगलागी भएको हो । पदि बिष्टको चौपाया बाँध्ने एकतले खरले छाएको घरमा खाना पकाउने क्रममा अचानक आगोको झिल्का लाग्दा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए।
आगलागीबाट चार जनाको १÷१ तले छाना र पदि बिष्टका २ वटा गाइका बाच्छा जलेर घाइते भएका जनाइएको छ। आगलागीबाट १ लाख ४० हजारको क्षति भएको जनाएइको छ। आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्