समिट एयरले भोली देखी धनगढीबाट साँफे र बझाङमा नियमित उडान गर्ने

धनगढी । समिट एयरले भोलीदेखी धनगढीबाट अछामको साँफे र बझाङमा नियमित उडान गर्ने भएको छ । लामो समयदेखी उडान बन्द गरेको समिट एयरले धनगढी बिमानस्थलबाट बझाङ र साँफेमा नियमित उडान गर्ने जनाएको हो ।
समिट एयरले प्रत्येक हप्ताको सोमबार र बिहिबार नेपालगन्ज देखी धनगढी र धनगढी देखी बझाङ र साँफे उडान भर्ने समय तालिका राखिएको बताएको छ । सोमबार नेपालजञ्जबाट हुम्ला–सिमिकोट उडान गरेर विहान करिब ९ बजेट धनगढी आउने र धनगढी–बझाङ, धनगढी–साँफे र नेपालगन्ज उडान भर्ने कार्यतालिका बनाइएको छ।
अर्को उडान बिहिबार सिमिकोटबाट धनगढी–बझाङ र त्यहाँबाट नेपालगन्ज हुने तालिका रहेको छ । समिट एयरले सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा नियमित उडान गर्ने योजना बनाएपनि मौसम लगायतका बिभिन्न कारण उडान कार्य अवरुद्ध बन्न पुगेको थियो।
२०३५ सालदेखी पुर्ण रुपमा बन्द रहेका बझाङ लगायतका बिमानस्तथल पछिल्लो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धावनमार्ग कालोपत्र गरेपछि नियमित उडान सुरु भएको थियो।
यसअघि धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न परीक्षण उडान गरिएको थियो। समिट एयरले धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको थियो।





प्रतिकृया दिनुहोस्