April 18, 2026, Saturday
२०८३ बैशाख ५

खप्तड गन्तव्यमा राज्यले पुर्वाधार र आवास गृह संचालन गर्नु पर्छ- अध्यक्ष चुके

डोटी । होटल ब्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुकेले खप्तड गन्तव्यमा राज्यले पुर्वाधार र आवास गृह संचालन गर्नु पर्ने बताएका छन् । खप्तड घुम्ने क्रममा डोटी आईपुगेका होटल ब्यवसायी महासंघका अध्यक्ष चुकेले सो कुरा बताएका हुन ।

“खप्तड गन्तव्य धेरै सुन्दर र सहज छ”, अध्यक्ष चुकेले भने- “सुदूरपश्चिम प्रदेशको बिकास र आर्थिक समृदीको लागी भएपनि राज्यले खप्तड गन्तव्यमा पुर्वाधार र आवास गृह संचालन गर्न छिटो पहल गर्नु पर्ने पर्छ ।”

होटल ब्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुकेसहितको टोली सुदूरपश्चिम प्रदेश भ्रमणका क्रममा डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा लगायतका शक्ति पिठहरुको दर्शन गर्दै डोटी, डडेल्धुरा, कैलाली र कन्चनपुरका ब्यवसायीहरु संग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

होटल ब्यवसायी महासंघका अध्यक्ष चुके सहितको टोलि खप्तड घुम्ने क्रममा डोटी पुगेपछि होटल ब्यवसायी संघ डोटीले स्वागत गरेको थियो ।

सुदुरपश्चिम प्रदेशका पर्यटकिय गन्तव्य सुनसान भएपछि चलायमान बनाउनका साथै पश्चिमको गतिबिधि अध्ययन गर्न सो टोली होटल ब्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशको निमन्त्रणामा आएको अध्यक्ष दिपक बहादुर खडकाले बताए ।