बैतडीको बोहरा होटेलमा बझाङका युवक मृत फेला

बैतडी । बैतडीको एक होटेलमा पुरुष मृत्त फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित बोहरा होटेलमा बझाङका हिक्मत धामी मृत्त फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार झुलाघाटस्थित बोहरा होटेलमा बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका अन्दाजी ३३ वर्षीय हिक्मत धामीको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले राति साढे २ बजेको समयमा झुलाघाटस्थित रहेको बोहरा होटेलको माथिल्लो तलाको कोठामा धामी मृत अवस्थामा फेला परेको बताएका हुन।
उनका अनुसार भारतको अलमोडबाट काम गरेर स्वदेश फर्किएका धामी राति झुलाघाट बजारको बोहरा होटेलमा बास बेसका थिए। मृत्युको कारण खुलेको छैन्।
घटनास्थलमा प्रहरी खटिएका छन् । उनका आफन्तलाई खबर गरेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धामी भारतको अलमोडमा काम गर्दै आएका थिए । दसैंतिहार नजिकिएसँगै उनी घर फर्किंदै थिए ।





प्रतिकृया दिनुहोस्