July 26, 2026, Sunday
२०८३ श्रावण १०

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा प्राविधिकतर्फका पदमा आवेदन आह्वान (सूचना सहित)

धनगढी । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आवेदन आह्वान गरेको छ । स्थानीय सरकारी सेवा चौथो तहका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदमा आयोगले आवेदन आह्वान गरेको हो ।

आयोगले सार्वजनिक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन माग गरेको हो । योग्यता पुगेका उमेदवारहरूले दरखास्त अनलाइनबाट समेत दिन सक्नेछन् ।

प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको प्राथमिकताक्रम अनुसार नियुक्तिका लागि सम्बन्धित स्थानीय तहमा सिफारिस गरिने आयोगले जनाएको छ ।

121682559815.jpg