April 18, 2026, Saturday
२०८३ बैशाख ५

बडीकेदार गाउँपालिका कांग्रेसले जित्यो

डोटीः डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित दुई वटा वडामा कांग्रेसका उमेदवार विजयी भएका हुन् ।

नेपाली कांग्रेसका उमेदवार भैरब बहादुर साउद २ हजार ३४३ मत सहित गाउँपालिका अध्यक्षमा विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार चक्र बहादुर घर्तीले १ हजार ६८४ मत प्राप्त गरे । नेकपा एकीकृत समाजवादीका उमेदवार भक्तबहादुर साउद १ हजार ४७१ मतमा सीमित रहे ।
उपाध्यक्षमा पनि कांग्रेसकै उमेदवार डम्मरी कुमारी विष्ट २ हजार ४०७ मत ल्याएर विजयी भइन् । निकटम प्रतिद्वन्द्वी एमाले उमेदवार सपना सिडारीले २ हजार २७६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उमेदवार देवीसरा देवी घर्तीमगरले ८ सय ३२ मत मात्रै प्राप्त गरिन् ।

बडीकेदार गाउँपालिकामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विशेष चासो राखेका थिए । कांग्रेससँग तालमेल नमिले पछि सो पालिकामा नेकपा एस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।