आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने

काठमाडौं : आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । सरकारले आज र भोलि दुई दिन देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजबाट राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ का साथै जुकाको औषधि खुवाइने छ ।
मन्त्रालयले यो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगि नछुटाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ । वितरण केन्द्रमा जाँदा कोभिड–१९ विरुद्धका सबै जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
सबै वडामा केन्द्र तोकेर तथा स्वास्थ्य स्वयंसेविकाले घरदैलो कार्यक्रम गरी भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ । यस वर्ष २७ लाख बालबालिकालाई भिटामिन ‘ए’, २४ लाखलाई जुकाको औषधि र ६ लाख बालबालिकालाई बालभिटा खुवाइने मन्त्रालयले जनाएको छ ।





प्रतिकृया दिनुहोस्