डोटीको पुर्विचौकिमा दुर्घटना : २ जनाको घटना स्थलमै मृत्यु, ७ जना घाइते

डोटी : डोटीको पुर्विचौकि गाँउ पालिकामा जिप दुर्घटना हुदाँ २ जनाको घटना स्थलमै मृत्यु भएको छ । पुर्विचौकि गाँउ पालिका वडा ३ साझघाटमा से १ झ ८३९ नम्वरको को जिप दुर्घटना हुदाँ २ जनाको घटना स्थलमै मृत्यु भएको हो ।
दुर्घटनमा परि पुर्वी चौकी–३ डोटीका १८ बर्षका खेम बोहरा, र ४५ बर्षका पुरन बोहराको सनाखत भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक शारदाप्रशाद चौधरीले जानकारी दिए ।
दुर्घटनापरी ७ जना घाइते भएका छन् । घाईतेहरु पुर्वीचौकी गाउपालिकाका योशोदा बोहरा, मोहन बोहरा, अमरसिह बोहरा, टंकी बोहरा, कृष्ण चयडा, जितबहादुर बोहरा र दार्चुला लोकराज जोशीको पहिचान भएको छ ।पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चौधरीले जानकारी दिए ।
घाईते मध्य कृष्णबहादुर चयडा, जितबहादुर बोहोरा र लोकराज जोशी गम्भीर रहेको प्रहरीले जनाएको छ । जीप दुर्घटना हुँदा फलौट गाडमा पुगेको छ । जीप सडकबाट ५०० मिटर तल खोलामा खसेको स्थानियले बताएका छन् ।





प्रतिकृया दिनुहोस्