सुदूरपश्चिम प्रदेशमा थप २८३ जनामा कोरोना पुष्टि, भारतबाट स्वदेश फर्केका मात्रै १५७ जना

धनगढी : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १२६ जनाको पीसीआरमार्फत र १५७ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १०३, गड्डाचौकी नाका भएर स्वदेश फर्केका४५, झुलाघाट नाकाबाट फर्केका ४ जना र पुलघाट नाका दार्चूला बाट भित्रीएका ५जनामा संक्रमण पुष्टि भएको हो।
निर्देशनालयले आज सुदूरपश्चिम प्रदेशमा एक हजार ४ सय २९ जनाको परीक्षण गरिएको जनाएको छ। आज संक्रमण पुष्टि भएका २८३ जनामध्ये भारतबाट स्वदेश फर्केका १५७ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १०३, गड्डाचौकी नाका भएर स्वदेश फर्केका४५, झुलाघाट नाकाबाट फर्केका ४ जना र पुलघाट नाका दार्चूलाबाट भित्रीएका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।





प्रतिकृया दिनुहोस्