लोक सेवा आयोगले खुल्यो प्राविधिक र स्वास्थ्य सेवाका पदमा आवेदन
- Eraibar
- २०७८ कार्तिक २४, बुधबार ०९:३१
- 84 Shares

काठमाडौं, कात्तिक २४ (ई-रैवार)
लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्य सेवामा आवेदन माग गरेको छ । लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका आठौँ तथा सातौँ तहका पदमा आवेदन माग गरेको हो ।
आयोगले आज (बुधबार) तीन सय बढी पदमा दरखास्त आह्वान गर्दै गोरखापत्रमा सूचना निकालेको छ। यी पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा हुनेछ । आयोगले इच्छुकलाई आवेदन दिन आह्वान गरेको छ ।
आवेदन psconline.psc.gov.np मार्फत् दिन सकिनेछ।
राजपत्रांकित तृतीय श्रेणी प्राविधिक, संघीय संसद सेवाका प्राविधिक र स्वास्थ्य सेवाका सातौं र आठौं तहका लागि इच्छुक उम्मेदवारबाट आवेदन माग भएको छ।
मंसिर १४ गतेभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्